अमर निर्माण सेवा अर्घाखाँचीको उत्कृष्ट करदाताको रूपमा सम्मानित

Ujyalosandeshonline 12436+ समाचार ( )
२ मंगशिर २०८२, मङ्गलबार

सन्धिखर्क । अर्घाखाँची जिल्लाको प्रतिष्ठित निर्माण कम्पनी 'अमर निर्माण सेवा' जिल्लाकै उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाभर सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै करदाता सेवा कार्यालय सन्धिखर्कले निर्माण सेवालाई सम्मान गरेको हो । राष्ट्रिय कर दिवस २०८२ को अवसर पारेर कार्यालयले अमर निर्माण सेवालाई उक्त सम्मान प्रदान गरेको हो। निर्माण सेवाले आर्थिक वर्ष २०८०/०८१ मा करिब ३२ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

अमर निर्माण सेवा यसअघि पनि उत्कृष्ट करदाताको रूपमा सम्मानित भइसकेको छ। आर्थिक वर्ष २०७६/७७ मा पनि जिल्लाको उत्कृष्ट करदाताका रूपमा यस फर्मले सम्मान प्राप्त गरेको थियो। निरन्तर पारदर्शी कारोबार र राज्यलाई समयमै कर बुझाएर उत्कृष्ट करदाता बन्न सफल भएकोमा सरोकारवालाहरूले प्रशंसा गरेका छन् ।

निर्माण सेवाका सञ्चालकद्वय बसन्त भुसाल र कृष्ण भुसालले कम्पनीले अर्घाखाँची जिल्लामा ठूला–ठूला विकास निर्माणका आयोजनाहरूमा उल्लेखनीय काम गर्दै आएको बताउनुभयो। उहाँहरूले विकास निर्माणका काम गुणस्तरीय बनाउनुका साथै राज्यलाई इमान्दारीपूर्वक कर तिरेर सम्मानित हुन पाउँदा थप हौसला मिलेको प्रतिक्रिया दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार