मर्चवारमा ७ बर्षिय बालिकाको हत्या, एक जना नियन्त्रणमा

जैसमोहम्मद खान 73+ समाचार ( )
१४ पौष २०८०, शनिबार

भैरहवा । रुपन्देहीको मर्चवारी गाउपालिका वडा नम्बर १ इस्लामपुरमा एक बालिकाको हत्या गरि फालिएको अवस्थामा शव भेटिएको छ । शव हिजो देखि हराइरहेकी सोहि वडाकी ७ बर्षिय नन्दनी कुर्मीको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनले यसमा संलग्न रहेको आशंकामा एक जनालाइ नियन्त्रणमा लिएको बताए । उनको पहिचान अहिले गोप्य राखिएको छ । यस बिषयमा थप अनुसन्धान भै रहेको डिएसपी भट्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार