मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाए : महासचिव भुसाल

Ujyalosandeshonline 12437+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै उनले र कांग्रेसले राजाबाट एमालेले कांग्रेसबाट घुस खान सिकेको भन्दै कांग्रेस र एमाले मिलेर माओवादीलाई पनि घुस खान सिकाएको बताए ।

उनले भने, ‘राम्रो सरकार कस्तो हुन्छ भने जसमा घुस खाने मान्छेहरु छैनन् । राजाले घुस खान कतैबाट सिके होलान । तर कांग्रेसले राजाबाट सिक्यो संस्थागत रुपमै, हामी एमाले भएर कांग्रेसबाट सिक्यौं, उनीहरुसँग संगत बढ्दै जाँदा सिक्यौं । दुइवटै पार्टी मिलेर माओवादीलाई घुस खान सिकाएका हौं ।’

उनले डा.बाबुराम भट्टराईले २०६२।०६३ सालमा राजतन्त्र हिडेपछि जनवादी क्रान्ति जनयुद्धले पूरा गरेको भनेर दाबी गर्न सक्नुपर्ने भएपनि नसकेको बताए । 

‘समाजवादी बाटो निर्माणतर्फ जान दलाल पुँजीवादले रोकेको छ । हामी राष्ट्रिय पुँजीको विकास गर्दै लामो योजना बनाएर समाजवादमा जाने हो भनेर भट्टराई जत्तिको मान्छेले भन्न नसक्नु दुखद् छ,’ भुसालले भने ।

डा.बाबुराम भट्टराईको के गल्ती छ भने जब ६२–६३ सालमा राजतन्त्र हिड्यो, त्यसैबेला दाबी गर्न सक्नुपर्दथ्यो । जनवादी क्रान्ति हामीले पूरा गरेको हौं,जनयुद्धले पूरा गरेको हो भन्न सक्नुपर्दथ्यो ।समाजवादी बाटो निर्माणमा जान दलाल पुँजीवादले रोकेको छ, राष्ट्रिय पुँजीको विकास गर्दै लामो ५०–६० वर्षको योजना बनाएर समाजवादमा जाने हो भनेर उहाँ जत्तिको मान्छेले भन्न सक्नुपथ्यो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार