मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


संघीय लोकतान्त्रिक मोर्चाको उद्घोषः थारु र मधेसी एक भएर उप निर्वाचनमा लाग्ने

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

भैरहवा । संघीय लोकतान्त्रिक मोर्चाले थारु र मधेसी समुदायलाई एकताबद्ध गरी रुपन्देहीमा हुने आगामी उप निर्वाचनमा संयुक्त रूपमा अगाडि बढ्ने उद्घोष गरेको छ । रुपन्देहीको सियारीमा आयोजित मोर्चाले आयोजना गरेको जनजागरण कार्यक्रममा बोल्दै मोर्चाका नेताहरूले थारु र मधेसी समुदायका हक, अधिकार र पहिचानका लागि अब एक भएर लड्नुको विकल्प नरहेको बताएका छन् । 

कार्यक्रममा मोर्चाका संयोजक तथा नेताहरूले वर्तमान राजनीतिक प्रणालीले थारु र मधेसी समुदायलाई निरन्तर उपेक्षा गरेको आरोप लगाए । उनीहरूले राज्यको संरचनामा यी समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित नभएसम्म राजनीतिक संघर्ष जारी रहने बताए । 

जनता समाजवादी पार्टीका महासचिव रामकुमार शर्माले मोर्चा गठनको औचित्यबारे बताउदै मोर्चा गठन भएपछि मात्र सरकारमा प्रतिपक्ष रहेको जनताले आभाष गरेको बताए । उनले मोर्चाले मात्र सरकारलाई चुनौती दिन सकेको र यो भय सिंहदरबार सम्म पसेको दावी गरे । उनले सरकारले बजेट बनाउदा नै पार्टीले बजेट देशको लागि नभई प्रधानमन्त्री र मन्त्रीहरुको क्षेत्रलाई मात्र निर्माण भएको भन्दै चेतवानी दिएको बताए । यसले पनि सरकार व्यक्तिवाद र निरंकुश तरिकाले अगाडी बढेको पुष्टि भएको उनको भनाई थियो । 

उनले मधेश तराईमा रहेको जग्गाहरु पुर्नवास, राप्ती परियोजना, सुकुम्वासी लगायतको नाममा जग्गा वितरण गर्दै आएकोले भूमि विधेयक देश र मधेशको हितमा नभएको बताउदै शर्माले भूमि सम्बन्धि भूमि सम्बन्धि विधेयकको जसपाले सधै बिरोध गरेको बताए ।

उनले अबको लडाई राजनैतिक लडाई मात्र नभई अस्तित्पको लागि भएकोले अब आदिवासी, थारु, मुस्लिम तथा मधेशीहरु मधेशमै बस्ने या यहाँबाट विस्थापित हुने बारे समयमै सोच्नुपर्ने समय आएको जनाए । 

कार्यक्रममा बोल्ने वक्ताहरूले थारुहट र मधेस आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्नका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिएका थिए । 

जनता प्रगतिशील पार्टीका केन्द्रिय अध्यक्ष हृदयेश कुमार त्रिपाठीले देश हाम्रो भए पनि राज्य हाम्रो भएको थारु, मधेशी जनताले महशुश गर्न नसकेको जिकिर गरे । उनले देश हाम्रो हो राज्य पनि हाम्रो हुनुपर्छ भन्ने मात्र लडाई रहेको बताए । “संविधान जारी गर्दा हामीले भौगोलिक पुर्नसंरचनामा धेरै ध्यान दियौ, राज्यको पुर्नसंरचना तर्फ हाम्रो ध्यान जान सकेन ।” उनले आफुहरुले विगतमा गरेको गल्ती भन्दै सम्झिए “यसको नतिजा राज्को चरित्र ज्यूको त्यु रह्यो, भौगोलिक संरचना बदलिदा राज्यको पुर्नसंरचना भएन ।”

उनले संघिय लोकतान्त्रिक मोर्चाले संयुक्त रुपमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेकोले यो आउदो निर्वाचनको लागि थर्मामिटरको काम गर्ने बताए । यसकारण यो उप निर्वाचन गम्भिर मोडमा रहेकोले यसलाई थारु, मधेशी मुस्लिम लगायतका वर्ग एक भएर अगाडी बढ्नुपर्ने उनले धारणा राखे । 

यसै गरि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि पहिचानवादी मुद्दा बोकेका पार्टीहरुलाई अहिलेको ठूला ३ पार्टीले आउदो निर्वाचनमा निर्मूल पार्ने गरि लागेको बताउदै यसलाई जोगाउन मधेशी थारु लगायत अल्पसंख्यक र सिमान्तकृत समुदाय लाग्नु पर्ने बताए । उले अहिलेको सरकार आफ्नो भ्रष्ट नेता तथा मन्त्री र आफुहरुलाई जोगाउन मात्र लागेको आरोप लगाए । 

कार्यक्रमका अध्यक्ष एवम राष्ट्रिय उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीले यस क्षेत्रमा लोकप्रिय तथा स्थानिय नेतालाई टिकट दिने बताउदै मोर्चामा आवद्ध पार्टीबाट धोका नहुने विश्वास रहेको बताए । “यो समर्थन स्वार्थको लागि जोडिएको समर्थन हैन, आर्शिवाद दिएर पनि भएको हैन, यो समर्थन खल्तीमा राखेको समर्थन पनि हैन ।” चौधरीले भने “यसको लागि धेरै संघर्ष गरेर हातेमालो गर्न तयार भएको हौं ।”

उहाँले मधेशी र थारुको मिलन हुनै सक्दैन भन्नेहरुको लागि अबको रुपन्देही ३ को निर्वाचनले देखाईदिने दावी गरे ।

कार्यक्रममा तमलोपाका अध्यक्ष बृशेष चन्द्र लाल कर्ण, लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष कुमार पाण्डे लगायतले बोलेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार