मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिदै

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा यही शनिबार राती ४ हजार दीप प्रज्वलन गरिने भएको छ । पाँच सयजनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राती लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो । 

धम्मकाय फाउण्डेशनले भिक्षुभिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँचसय जना कुलपुत्रहरुको सहभागीतामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखेको हो । धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए ।

उनले गत वर्ष पनि दीप प्रज्वलन गरिएको बताउँदै आगामी वर्ष यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना रहेको सुनाए । उनले दीप प्रज्वलनमा भिक्षुभिक्षुणी, लामा, आनी, उपासक उपासिकासहित विभिन्न देशबाट आएका पाहुनाहरुको सहभागिता रहने बताए । दीप प्रज्वलनमा सरकारका अधिकारीहरुको समेत उपस्थिति रहनेछ ।

बौद्धमार्गीहरुमा दीप प्रज्वलनको निकै महत्व रहेकाले दीप प्रज्वलनले सकरात्मक सन्देश जाने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताए । उनले बुद्ध शिक्षालाई प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार