मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भानु माध्यमिक विद्यालय स्वर्ण जयन्ती:
एसएलसी २०५६ ब्याचद्वारा ‘स्वर्णजयन्ती स्मारक’ निर्माण

Ujyalosandeshonline 12431+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

भैरहवा । सिद्धार्थनगर नगरपालिका–९ स्थित भानु माध्यमिक विद्यालयको स्वर्ण महोत्सव–२०८२ को अवसरमा पूर्व विद्यार्थीहरुले विद्यालय परिसरमा ‘स्वर्णजयन्ती स्मारक’ निर्माण गरी हस्तान्तरण गरेका छन् । विशेषतः एसएलसी २०५६ ब्याचका विद्यार्थीहरुको सक्रिय पहल र आर्थिक सहयोगमा उक्त स्मारक निर्माण गरिएको हो । 

विद्यालय स्थापना भएको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा पूर्व विद्यार्थीहरुले आफ्नो शैक्षिक जरोप्रति कृतज्ञता प्रकट गर्दै स्थायी सम्झनाका रूपमा स्मारक निर्माण गरेको पूर्व विद्यार्थी हरि बहादुर पाण्डेले बताए । विद्यालय परिसरको प्रमुख स्थानमा आकर्षक ढंगले निर्माण गरिएको उक्त स्मारकमा विद्यालय स्थापना मिति (वि.सं. २०३३ फागुन ९) देखि स्वर्ण महोत्सव वर्ष (२०८२) सम्मको यात्रा अंकित गरिएको छ । 

एसएलसी २०५६ ब्याचका प्रतिनिधिहरूले स्वर्ण महोत्सव समारोहका बीच विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक मोतीलाल सुवेदीलाई स्मारक औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै ब्याचका प्रतिनिधि पाण्डेले विद्यालयले दिएको शिक्षा, अनुशासन र संस्कारकै कारण आफूहरु जीवनका विभिन्न क्षेत्रमा स्थापित हुन सफल भएको उल्लेख गर्दै विद्यालयको उन्नतिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

प्रधानाध्यापक सुवेदीले पूर्व विद्यार्थीहरूको यस योगदानलाई विद्यालयको इतिहासमा महत्वपूर्ण अध्यायका रूपमा लिँदै धन्यवाद व्यक्त गरे । उनले स्मारक निर्माणलाई समुदाय र विद्यालयबीचको सम्बन्ध सुदृढ गर्ने प्रेरणादायी कदमका रुपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार