मुख्य समाचार
डीआईजी खत्रीद्वारा रुपन्देहीका सीमावर्ती प्रहरी इकाइको निरीक्षण; सुरक्षा व्यवस्था कडा पार्न निर्देशन | कर्णाली विकासमैत्री कार्यक्रम तथा बजेट निर्माण मुख्यमन्त्री कँडेलको आग्रह | पोखरा विमानस्थल प्रकरणः १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन | कबुलियत गराएर भन्सार जाँचपास थालियो | शेरामा सडक स्तरोन्नति गरिँदै | आजको मौसमः लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना | हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने | एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने | राजविराज सडकको दुरावस्था |

पत्रकार चेतन पन्तको निधन

Ujyalosandeshonline 11196+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

भैरहवा । भैरहवामा क्रियाशिल पत्रकार चेतन पन्तको निधन भएको छ । पारिवारीक श्रोतले दिएको जानकारी अनुसार सिद्धार्थनगर नगरपालिका–६ (भैरहवा) दुर्गाकलोनीस्थित निवासमा ६६ वर्षको उमेरमा आईतबार राती ९ः१५ बजे उनको निधन भएको हो । पन्त लामो समय देखि क्यान्सर रोगको उपचार गराई रहेका थिए  । 

पन्त भैरहवालाई कर्मस्थल बनाई बिशेषतः पर्यटन र पंक्षी संरक्षणको क्षेत्रमा कलम चलाउथे । समाचार, लेखसँगै देश–विदेशमा गएर शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विषयमा जानकारी गराउने, फोटो/भीडियो प्रदर्शनी गर्ने, पर्यटकलाई लुम्बिनी/नेपाल भ्रमणको निम्तो दिने लगायतका कार्यहरु मार्फत पर्यटन प्रर्वद्धनका लागि उनले अभियान नै चलाएका थिए ।

“लुम्बिनी अभियन्ता” नामले परिचित पन्तको निधनमा पत्रकार, उद्योगी, व्यवसायी, नेता, सामाजिक अभियन्ता, विद्यार्थी लगायतले निधनप्रति दुःख व्यक्त गरेका छन् । लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्माले निधनप्रति दुःख व्यक्त गर्दै पत्रकार पन्तको निधनले पत्रकारिता जगतले एक योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएकोले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइन । यस्तै नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखेरेलले पनि नेपाल पत्रकार महासंघ, रुपन्देहीको पूर्व सल्लाहकार समेत रहेका पन्तको क्षतिले पत्रकारिता जगतमा अपूरणिय क्षति भएको बताए । 

पन्तको अहिले  बिहान ९ बजे भैरहवाको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पन्तको श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार