मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

धनुषामा क्षयरोगको अवस्था भयावह : ६ महिनामा सातसय बढीमा क्षयरोग

Ujyalosandeshonline 12437+ समाचार ( )
१० चैत्र २०८१, सोमबार

जनकपुर । धनुषामा क्षयरोगको अवस्था भयावह बन्दै गएको जनाइएको छ । सोमबार विश्व क्षयरोग दिवको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले कोरोना महामारी पछि क्षयरोगको संख्यामा वृद्धि भएको जानकारी दिएका छन् ।

उनले विगत ६ महिनामा मात्र धनुषा जिल्लामा क्षयरोगका ७ सय ३४ विरामी देखिएको बताए । मधेश प्रदेशभरिमै पर्सा जिल्लापछि सबैभन्दा बढी क्षयरोगको विरामी धनुषामै रहेको जनाए । अहिले क्षयरोग महामारी जस्तै फैलिरहेको बताए ।

उनले कोरोना महामारीकै समयदेखि तीनै तहको सरकारले क्षयरोगलाई वेवास्ता गरेको आफूलाई अनुभव भएको सुनाए । उनले कहिले औषधी नपाउने, कहिले संघ, प्रदेश र स्थानीय तहले समन्वय नगर्ने, कहिले विरामीले औषधीलाई निरन्तरता नदिनेलगायतका कारण अहिले क्षयरोगको स्थिती भयावह बनेको बताए ।

उनले धनुषाका जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मिीनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र सहिदनगर नगरपालिकामा क्षयरोग नियन्त्रणका लागि विशेष कार्यक्रमहरु सञ्चालनमा रहेको जानकारी दिए ।

यी पाँच पालिका सहित अन्य पालिकाहरुमा पनि निरन्तर खकार जाँच र डट्स प्रविधीबाट क्षयरोगको उपचार हुने गरेको प्रमुख यादवले जनाए । विश्व क्षयरोग दिवको अवसरमा जनकपुरधामस्थित जनस्वास्थ्य कार्यालयबाट विद्यार्थी, स्वास्थ्यकर्मी, विभिन्न सरकारी निकायका पदाधिकारीहरुले प्रभातफेरि निकालेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार