मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जुम्लामा जीप दुर्घटना हुदाँ एक जना गम्भिर, अन्य सामान्य घाईते

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

मुगु । जुम्लामा जीप दुर्घटना हुदाँ एक जना गम्भिर घाईते र अन्य सामान्य घाईते भएका छन् । कालिकोट को हिलसाईड होटल नजिक जीप सड्क तल खसेपछि एक जना गम्भिर घाईते हुनुका साथै अन्य सामान्य घाईते भएका हुन् ।

भिजिट कर्णाली यातायात प्रा.ली.को कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको सानो जीप दुर्घटना हुदा कास्की पोखरा २९ निवासी २८ बर्षिय रुवी थापाको करङमा चोट लागि गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । 

उक्त गाडिमा सवार राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयका प्रमुख कल्पना नेपाल आचार्यले कालिकोटमा गाडि दुर्घटनामा परेको जानकारी दिएकी हुन् ।

जिल्ला प्रहरी कालिकोटका प्रहरी निरीक्षक विरबहादुर सुनारका अनुसार पाल्पा मातागढि गा.पा. वडा नम्बर १ निवासी राष्ट्रिय मानव अधिकार आयोग कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य, गुल्मि सत्यवति गा.पा. ३ निवासी कालिकोट तिला गुफामा कार्यरत डाक्टर सुनिल ज्ञवाली, दार्चुला नौगुफा निवासी तिलागुफाका नर्स अञ्जना धामी, मुगु कार्मारोङ २ निवासी २६ बर्षिय हार्लेन तामाङ, बाँके जिल्ला कोहलपुर ८ निवासी ३५ बर्षिय देवेन्द्र अधिकारी, कर्णाली प्राविधि शिक्षालयमा कार्यरत दोलखा निवासी हिक्मत जिरेल सामान्य घाईते भएका हुन् । यसैगरी उक्त गाडिका चालक वीरेन्द्र नगर नगरपालिका वडा नम्बर ९ निवासी बर्ष २५ का रत्न प्रसाद अधिकारी सामान्य घाईते भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै