मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

जनता ‘मक्किएको गणतन्त्र’का पक्षमा छैनन् : अध्यक्ष लिङदेन

Ujyalosandeshonline 11566+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको बताएका छन् । विहीबार काठमाडौंमा भएको आन्दोलनलाई सम्बोधन गर्दै उनले यो जनसागरले गणतन्त्र कति कमजोर भइसकेको छ भन्ने कुरा देखाएको भन्दै जनतामक्किएको गणतन्त्रको पक्षमा नभएको पनि प्रमाणित भएको बताए । 

उनले भने, ‘यो आन्दोलनको सुरुवात मात्र हो । भर्खर प्रारम्भ मात्र भएको छ । गणतन्त्र नढलेसम्म आन्दोलन जारी नै छ । यो जनसागरले नै प्रमाणित गरेको छ कि यो गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा एउटा जनमत संग्रह सम्पन्न भएको छ । जनता मक्किएको गणतन्त्रको पक्षमा छैनन् । आज यो पनि प्रमाणित भएको छ ।’

सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेताहरुले जनतालाई शोषण गरेर ५–१० लाखको सामान बोकेर हिड्ने अवस्थामा पुगेको अवस्थामा नेपाली जनता भने भोकभोकै बस्नु परेको बताए । 

उनले भने, ‘सारा नेपाली जनताले देखेका छन् यी सिमित केही नेताहरुले जनतालाई शोषण गरेर सम्पत्ति कमाएका छन् र आफ्ना परिवारका सदस्यहरु ५, १० लाखको सामान बोकेर हिड्ने अवस्थामा पुगेका छन् । नेपाली जनता भने भोकभोकै बसिरहेका छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार