सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ

Ujyalosandeshonline 12434+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको पछिल्लो सुरक्षा स्थिति र सामाजिक सद्भावका चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत जानकारी लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छुट्टाछुट्टै भेटघाटमा प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलबाट पछिल्लो वस्तुस्थितिबारे ब्रिफिङ लिनुभएको हो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न, शान्ति व्यवस्था कायम राख्न र सामाजिक सद्भाव बिथोल्ने तत्वहरूमाथि कडा निगरानी राख्दै सुरक्षाकर्मीलाई उच्च सतर्कताका साथ परिचालन गर्न सुरक्षा निकायका प्रमुखहरूलाई कडा निर्देशन दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार