मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मेची भन्सारको पहिलो त्रैमासिक: आयात बढ्यो, निर्यात घट्यो, राजस्वमा उछाल

Ujyalosandeshonline 12431+ समाचार ( )
७ कार्तिक २०८२, शुक्रबार

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट आयात र राजस्व सङ्कलनमा वृद्धि भएको छ भने निर्यातमा गिरावट आएको छ । मेची भन्सार कार्यालयका अनुसार, यस अवधिमा रु १२ अर्ब २८ करोड ३० लाख बराबरका मालवस्तु आयात भएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशतले बढी हो। गत वर्ष रु १० अर्ब ८४ करोड तीन लाखको आयात भएको थियो ।

यसैगरी, कार्यालयले आयात निर्यातबाट रु चार अर्ब १५ करोड २० लाख आठ हजार राजस्व सङ्कलन गरेको छ। यो गत वर्षको तुलनामा १५.६९ प्रतिशत अर्थात् रु ५६ करोड २९ लाख ९७ हजारले बढी हो । अर्कोतर्फ, निर्यातमा भने २१.०८ प्रतिशतले गिरावट आएको छ।

चालु आवको पहिलो त्रैमासिकमा रु चार अर्ब ८० करोड ३९ लाख बराबरको सामान निर्यात भएको छ, जबकि गत आवको सोही अवधिमा रु छ अर्ब आठ करोड ६९ लाखको निर्यात भएको थियो । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी आदि रहेका छन् भने आयात हुने मुख्य मालवस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडा लगायतका वस्तुहरू छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार