मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

धनुषामा राष्ट्रिय धान दिवस मनाइयो, आयात रोक्नुपर्नेमा जोड

Ujyalosandeshonline 11573+ समाचार ( )
१५ असार २०८२, आइतबार

जनकपुर । धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरताु नाराका साथ धनुषामा २२औं राष्ट्रिय धान दिवस मनाइएको छ । धनुषाको रम्दैयास्थि राष्ट्रिय धानवाली अनुसन्धान केन्द्रमा धान रोप्नुका साथै हिलो खेलेर रष्ट्रिय धान दिवस मनाइएको छ ।

सो क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि अर्यालले नेपालले धान निर्यात गर्न नसके पनि कम्तिमा आयात गर्नुनपरोस भन्ने किसिमले उत्पादनमा जोड दिन आवश्यक रहेको बताए । अर्यालले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने संकल्पका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रजिअ अर्यालले किसानलाई स्वेदशी बिउ प्रयोग गर्न सुझाव दिए । विदेशी बिउले उचित उत्पादन दिन नसक्ने भएकाले उनले स्वदेशी बिउलाई नै प्रयोग गर्न किसानहरुलाई आग्रह गरे । उनले किसानहरुमा जनचेतना फैलाउन पनि आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय धानवाली अनुसन्धान केन्द्रका संयोजक मथुरा यादवले चैते धानको खेती गर्नसके धानको माग देशभित्रै पूरा गर्न सकिने जानकारी दिए । उनले कृषि उत्पादनमा धानले १५ प्रतिशत योगदान गरिरहेको र कुलग्राहस्तमा ५ प्रतिशत योगदान रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान धनुषाका प्रमुख तिलक शर्मा प्रसाई, किलिनिका धनुषाका नवराज नेपाल, धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्कालगायत अन्य पदाधिकारीसहित स्थानीय किसान र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार