मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नवलपरासी -१ : विनोद चौधरीलाई भारी मतान्तरले हराउँदै रास्वपाका विक्रम खनाल विजयी

Ujyalosandeshonline 11540+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल सानदार मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई निकै फराकिलो मतान्तरले पराजित गर्दै खनाल सांसद चुनिएका हुन् ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सार्वजनिक अन्तिम मतपरिणामअनुसार विजयी खनालले ४५ हजार २४१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चौधरीले भने जम्मा ९ हजार ५०२ मत मात्र ल्याउन सके । रास्वपाका खनालले कांग्रेसका चौधरीलाई ३५ हजार ७३९ को भारी मतान्तरले स्तब्ध पारेका हुन् ।

यस क्षेत्रमा अन्य पुराना तथा ठूला दलका उम्मेदवारहरुको मत पनि निकै कमजोर देखिएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डेयले ७ हजार ९५६ मत प्राप्त गरेका छन् । त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले ७ हजार ८३२ मतमै चित्त बुझाउनु परेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार