मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

फेवाताल जलकुम्भी सरसफाई अभियानको शुभारम्भ

Ujyalosandeshonline 12431+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

कास्की । पोखराको फेवातालमा हरेक बर्ष गरिने जलकुम्भी सरसफाई अभियानको शुभारम्भ गरिएको छ । ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी’ नारासहित अभियान सुरु गरिएको हो । 

आइतबार विहान पोखरा–१८ खपौदी  ढल्केबरस्थित फेवतालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा जलकुम्भी सफाइ अभियान सुरु भएको हो ।

हरेक बर्ष चैत्रमा हुने उक्त कार्यक्रम विविध कारणले ढिला हुन गएकाले बैशाखको अन्तिम साता प्रारम्भ भएको हो । आइतबार पहिलो दिन सशस्त्र प्रहरी, नेपाली सेना, महानगरिय प्रहरी, स्थानीय आमा समूह, नागरिक समाज, रेवान, सामाजिक संघसंस्था, पत्रकारहरुले सरसफाइमा भाग लिए ।

सोमबारदेखि जलारी समुदायले ज्यालासहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने पोखरा महानगरपालिका–६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले जानकारी दिए । 

आइतबारको कार्यक्रममा पोखरा महानगरका वडा नं.६ र १८ का वडाध्यक्षसहित रेवान, विभित्र समूहका अभियन्ताहरु, आमा समूहहरु , जलहारी समुदाय, पर्यटन ब्यावासायी, सशस्त्र प्रहरीको कालिका गण, नेपाली सेनाको कृष्णदल गण, रणचन्डी गण, पोखरा महानगरको महानगरी प्रहरीलगायत स्थानीय र संचारकर्मी गरि करिब तीनसय जनाको सहभागिता रहेको थियो ।

नागरिक महाअभियान कास्कीका संयोजक समेत रहेका रामबहादुर पौडेलको अध्यक्षता भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हे.क्वा कास्कीका गणपति एसपी अरुण पौडेल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार