मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् : सांसद सिंह

Ujyalosandeshonline 11564+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा होली र सत्तापक्षका सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताएका हुन् । 

उनले भने,‘एउटा गभर्नरको नियुक्ति गर्न नसक्ने सरकार त्यो काम त एउटा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने हो ।  तर दुई दलको भागबण्डाको झगडाले अहिलेसम्म पुगेन । त्यसको आर्थिक असर कति पर्छ बैंकहरुसँगै पुरै आर्थिक क्षेत्रमा सरकारलाई मतलब छैन । मतलब त आफ्नो कार्यकर्ता राख्ने र आर्थिक क्षेत्रलाई कब्जा गर्ने भन्ने छ अर्कोलाई पनि त्यही छ । यो कार्यकर्ताको देश हो कि नेपाली जनताको पनि देश हो ? दुई दल मिलेर देशको आर्थिक क्षेत्रलाई ध्वस्त त पारे दुई नै देशलाई ध्वस्त पार्न सहमतिमा छन् । हामी राजा जस्तै अगाडि पछाडी गाडि लिएर घुमौ । गभर्नरको नियुक्ति नगरेकोमा सरकारको प्रधानमन्त्री र सत्तापक्षका सभापति दुईटै यसमा दोषी छन् ।’ 

यस्तै उनले खेतिपातिको सिजनमा मल र बिउको अभाव रहेको भन्दै मलको तस्करी भईरहेको बताए । उनले किसानले दुधको मूल्य, उखुको मूल्य नपाउनुमा सरकारी संयन्त्रनै दोषि रहेको भन्दै विचौलियाको मात्र सरकार रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार