मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

प्रतिफल आउने गरि लगानी गरौ : मुख्यमन्त्री चौधरी

Ujyalosandeshonline 12433+ समाचार ( )
६ माघ २०८०, शनिबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लगानी गरि सकेपछि त्यसको प्रतिफल आउने गरि काम गर्न निर्देशन दिएका छन । प्रदेश योजना आयोगको आयोजनामा शुक्रवार देउखुरीमा भएको परामर्श कार्यशालामा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिए । उहाँले अव सरकारले लगानी मात्रै गर्ने नभई त्यो लगानीवाट आउने प्रतिफल र आर्थिक समृद्धिको पक्षलाई ख्याल गर्नु पर्ने बताए ।  

हामी बाटो बनाउछौँ, तर बाटोबाट स्थानीयले, सरकारले पाउने प्रतिफल खोज्दैनौ उहाँले भन्नु भयो, अव त्यो खोजौ । ‘स्रोत परिचालन भयो भने त्यसका उपलब्धी देखिनु पर्छ,’ उनले भने, यो अनुसारकारको योगोगले नीति बनाउनु पर्छ ।  

मुख्यमन्त्री चौधरीले प्रदेश सरकार एक घरमा ३०/४० हजार आम्दानीको रोजगारी सिर्जना होस भन्ने लक्ष्यमा छ । आर्थिक विकासका लागि त्यो कमाउन सक्ने हामीले बनाउनु पर्छ । लगानीकर्ताले दिएको रिपोर्ट पनि राज्य संयन्त्रले अध्ययन गरेर सुधार गर्न सक्ने हुनु पर्छ, उनँले भने भयो, त्यो उपयोगी र काम लाग्ने हुनु पर्छ । 

योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीको अध्यक्षतामा तथा मुख्यमन्त्री चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रीहरु, सचिव, विज्ञ सदस्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष डा केसीले प्रदेशलाई समृद्ध प्रदेश बनाउन योजना आयोगले नीति गत सुधारको प्रयास गरिरहेको बताए । कार्यक्रमको सहजीकरण आयोजका प्रमुख प्रशासकीय अधिकृत पोषणराज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार