मुख्य समाचार
रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता | पंचकन्या रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी ७ विकेटले विजयी |

प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी

Ujyalosandeshonline 11168+ समाचार ( )
१६ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले वातावरण संरक्षणमा दिएको योगदानको उचित मूल्यांकन नपाएको बताएका छन् । वन, वातावरण तथा जलवायु परिवर्तन–सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै ओलीले एमालेको राजनीति केवल सत्ता–चुनावमा केन्द्रित नभई मानवजाति, वातावरण र समग्र इको–सिस्टमको संरक्षणतिर उन्मुख रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो पहिलो निष्ठा देशवासी र मानवजातिप्रति हो । हामी केवल चुनाव वा सरकारमा मात्र सीमित छैनौँ, मानव जातिलाई आवश्यक सबै पक्षप्रति हाम्रो गम्भीर ध्यान छ । ’ उनले वातावरण, वन, वन्यजन्तु र प्रकृतिमा निर्भर जीव–जन्तुप्रति एमाले पार्टी दृढ रहेको दोहो¥याए ।

नेपालको भूभागको ठूलो हिस्सा वन क्षेत्रले ढाकिएको जनाउँदै ओलीले वन्यजन्तुको दिगो व्यवस्थापनका लागि क्षमता अनुसार मात्र संरक्षण नीति अघि सारिनुपर्ने विचार व्यक्त गरे । ‘हाम्रा वनले धान्ने संख्यामा मात्रै बाघ पाल्नुपर्छ । हौसिने काम गर्नुहुँदैन, हौसियो भने बाघले मान्छे गन्दैन,’ उनले भने । वातावरणीय असन्तुलन तथा जलवायु अन्यायको प्रसङ्ग उठाउँदै ओलीले वातावरण जोगाउने मुलुकले भोगिरहेको आर्थिक बोझ र प्रदूषण फैलाउने मुलुकहरूले पाएको फाइदा अन्यायपूर्ण रहेको टिप्पणी गरे । 

‘हामी वातावरण जोगाइरहेका छौँ, तर गरिबी बोकेका छौँ । हामीले तेल किनेरे चलाउनुपर्छ, वातावरण बिगार्नेले अक्सिजन सित्तैमा पाउने यो मुलुकका लागि न्याय होइन,’ उनले भने । ओलीले सुरक्षित विश्व, सुरक्षित पृथ्वी र सुरक्षित मानव भविष्यका लागि इको–सिस्टमलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार