मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

देशभर कालोबजारी रोक्न सरोकार समितिको निर्देशन

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । काठमाडौं संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले देशभरी गुणस्तरीय बस्तु तथा सेवा सहज आपूर्तीको व्यवस्था गरी कालोबजारी रोक्नका लागि निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा दैनिक उपभोग्य तथा अत्ति आवश्यक बस्तुहरुको सेवामा हुने गरेको मूल्य वृद्धि र  कालोबजारीले आम नागरिकहरुलाई समस्यामा पारेको भन्दै कालोबजारी रोक्नका लागि निर्देशन दिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए ।

उनल भने,‘बजारमा दैनिक उपभोग्य तथा अत्ति आवश्यक बस्तुहरुको सेवामा हुने गरेको मूल्य वृद्धि कालोबजारीले आम नागरिकहरुलाई भएको समस्यामा भइरहेको छ । नेपालको संविधानले प्रत्याभुत गरेको मौलिक हकको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न वा गराउन देशभरी गुणस्तर बस्तु तथा सेवा सहज आपूर्तीको व्यवस्था गरी कालोबजारी रोक्न जरुरी छ । चाडपर्व अगाडिदेखिनै मूल्य वृद्धि रोक्नका लागि बजार अनुगमन गर्न र सहज पहुँच हुनेगरी सुपथ मूल्यमा प्रत्येक पसलमा मुल्य सूचि अनिवार्य राख्ने व्यवस्था गर्नु जरुरी छ । र तीन तहका सरकारबीच सहकार्य र समन्वय गर्दैै बजार अनुगमन तथा प्रभावकारी रुपमा सञ्चालन गरी उपभोक्ता हित संरक्षण गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेका छौ ।’

समितिले सहज पहुँच हुने गरी सुपथ मूल्यमा प्रत्येक पसलमा मुल्य सूचि अनिवार्य राख्ने व्यस्था गर्न र तीन तहका सरकारबीच सहकार्य र समन्वय गर्दै बजार अनुगमन तथा प्रभावकारी रुपमा सञ्चालन गरी उपभोक्ता हित संरक्षण गर्न मन्त्रालयलाई निर्देशन दिने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार