भक्तिको सम्मान : नगर प्रमुख खानद्वारा घिस्रिएर मन्दिर पुगेका शिवभक्तको स्वागत

Ujyalosandeshonline 11162+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

भैरहवा । साउनको दोस्रो सोमबारका दिन सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले कठिन तपस्या गर्दै मन्दिर पुगेका शिवभक्तहरूलाई स्वागत तथा सम्मान गर्नुभएको छ ।लुम्बिनी रोडबाट घिस्रिँदै बसडिलवास्थित शिव मन्दिरमा आइपुगेका भक्तजनहरूलाई नगर प्रमुख खानले व्यक्तिगत रूपमा उपस्थित भई पुष्पगुच्छा र पानीले स्वागत गर्नुभएको हो।

साउने सोमबारको आस्था बोकी कठिन यात्रा गरेका भक्तजनहरूको भक्ति र समर्पणको कदर गर्दै नगर प्रमुखले देखाउनुभएको यो सद्भावले नगरमा धार्मिक सहिष्णुताको सन्देश दिएको छ। नगर प्रमुखको स्वागतले भक्तजनहरूमा थप उत्साह र हौसला मिलेको देखिन्थ्यो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार