मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजै थुनछेक सम्बन्धि आदेश आउने सम्भावना

Ujyalosandeshonline 11467+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज थुनछेक सम्बन्धि आदेश आउने सम्भावनाहरु देखिएका छन् । जाहेरवाला र प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस सकिएको र सरकारका तर्फबाट जिल्ला न्यायधिबक्ताको तर्फबाट प्रतिउत्तर दिन बाँकी रहेको अवस्थामा आज जिल्ला न्यायधिबक्ताले  प्रतिउत्तर दिएपछि आजै जिल्ला न्यायाधिश नितिज राइले थुनछेक सम्बन्धि आदेश जारी गर्न सक्ने सर्वत्र अपेक्षा गरिएको छ ।  

बिहीबार सरकारी वकिलहरूले बहस गरेपछि साँझसम्म आदेश आउन सक्ने स्रेस्तेदार राजन खनालले जानकारी दिए । ‘सरकारी वकिलको जवाफी बहस सकिएपछि सम्भवतः भोलि नै आदेश आउन सक्छ । तर बहस कति लामो समय जान्छ यसै भन्न सकिएन,’उनले भने, ‘बहसमा भर पर्ने कुरा भयो ।’ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता सहित उच्च सरकारी वकिल कार्यालयबाट पनि बहस हुने बताइएको छ ।

बुधबार जाहेरवालाको तर्फबाट रमण कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले जवाफी बहस गरेका छन् । पीडितहरूले न्याय पाउनका लागि सबैलाई पूर्पक्षका लागि थुनामा पठाउनुपर्ने दाबी वकिलहरूको छ । 

त्यसअघि प्रतिवादी रामबहादुर खनालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादुर थापाले बहस गरेका थिए । कृष्णबहादुर गुरुङको पक्षबाट अधिवक्ता हरि सुवेदी र गंगाप्रसाद सुवेदी तथा मीना गुरुङ र आरती गुरुङको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र अधिवक्ता मनोज घर्तिमगरले थुनछेक बहस गरेका थिए ।

यसैबीच धेरैले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने छुट्लान कि जेल जालान् भनेर जिज्ञासा राखिरहेका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु भने पार्टी सभापति लामिछाने आज धरौटीमा  छुट्ने कुरामा बिस्वस्त जस्ता देखिएका छन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उत्तम प्रसाद पौडेलले त बिहिबार साँझसम्म आफ्नो पार्टी सभापति हिरासतमुक्त हुने दाबी गरे । उनले आज साँझसम्म अदालतको आदेश बमोजिम पार्टी सभापति लामिछाने हिरासतमुक्त हुने र आम नेपाली जनताले खुल्ला आकाश मुनि स्वागत पाइने अपेक्षा प्रकट गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार