मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रुपन्देही, कैलाली, पर्सा, मोरङ, ललितपुरसहित ३१ जिल्लाका प्रजिअ फेरिए

Ujyalosandeshonline 12431+ समाचार ( )
९ कार्तिक २०८२, आइतबार

काठमाडौँ । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिव गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। यस निर्णयअनुसार ३१ प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा भएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत खिमबहादुर रायमाझीलाई जुम्लाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने जुम्लाका प्रजिअ केदारनाथ शर्मालाई सोही विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ।

गृह मन्त्रालयका सहसचिव वासुदेव घिमिरे झापाको प्रजिअ हुनुभएको छ, र झापाका प्रजिअ गोपालकुमार अधिकारी काभ्रेपलाञ्चोक सरुवा हुनुभएको छ। यस्तै, गृहका सहसचिव गोगनबहादुर हमाललाई बर्दियाको प्रजिअमा पदस्थापन गरिएको छ, र बर्दियाका प्रजिअ सुरेन्द्र पौडेल सिरहा सरुवा हुनुभएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेललाई मोरङको प्रजिअ बनाइएको छ भने मोरङका प्रजिअ इन्द्रदेव यादवलाई महोत्तरी पठाइएको छ। गृहको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराई ललितपुरको प्रजिअ हुनुभएको छ भने ललितपुरका प्रजिअ सुमन घिमिरे सोही विभागमा आउनुभएको छ। रुपन्देहीमा माधव प्रसाद पोखरेल आउदै हुनुहुन्छ।

यसरी रुपन्देही, कैलाली, नवलपरासी, महोत्तरी, दोलखा, पर्सा, उदयपुर, डडेलधुरा, लमजुङ, बाँके, बर्दिया, जुम्ला, अर्घाखाँची, रौतहट, कपिलवस्तु, सिन्धुली, अछाम, गुल्मी, सुनसरी, ललितपुर, भक्तपुर, मोरङ, झापा, काभ्रे, बारा, धनकुटा, धनुषा, मकवानपुर, गोरखा, सर्लाही र सिरहाका प्रजिअको सरुवा भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार