भैरहवामा पहिलो पटक नेपाल त्रिकेट संघको कार्यक्रम
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणको खेलहरु भैरहवामा हुने

Ujyalosandeshonline 11139+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

भैरहवा । माघ महिनाको पहिलो साता देखि सञ्चालन हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरु भैरहवामा सञ्चालन हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा संचालन गरिदै आएको प्रधानमन्त्री कप अन्र्तगतका खेलहरु पहिलो पटक भैरहवामा सञ्चालन हुने भएपछि यहाका खेलप्रेमीहरुले हर्ष ब्यक्त गरेका छन् । 

नेपाल क्रिकेट संघले भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालालाई आवश्यक तयारी गर्न पत्राचार गरेको छ । संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित पत्रमा उक्त  प्रतियोगिता माघ महिनाको पहिलो सातादेखि भैरहवा र काठमाण्डौमा संचालन गर्ने गरि कार्यक्रम तय गरिएको उल्लेख छ । 

७ प्रादेशिक टीम र ३ विभागीय टीमहरु गरी १० टीमहरुविच संचालन हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष राउण्ड रोबिन लिगको आधारमा संचालन गरिने छ । लिग चरणको ८ देखि १० खेलहरु भैरहवा क्रिकेट मैदानमा संचालन गर्ने गरी कार्यक्रम तय गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए । “नेपाल क्रिकेट संघको पहिलो कार्यक्रम भैरहवामा हुने भए पछि हामी उत्साहित भएका छौं, यसका लागि पहिले देखि नै तयारी गरिरहेका थियौ ।” थापाले भने “स्थानिय तह एवम प्रदेश सरकारको समन्वयमा प्रतियोगिताको आवश्यक काम पुरा गर्नेछौं ।”

थापाले प्रतियोगिताको लागि आवश्यक पर्ने खेलमैदान, आउट फिल्ड, पिच, पेभेलियन लगायत तयारी अवश्थामा रहेको बताए । उनले भने “हामी संग आवश्यक सबै पूर्वाधार छ थोरै ब्यवस्थित गर्न बाँकी छ, यसलाई केही दिनमै समाधान गर्नेछौं ।”


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार