मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |
मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |


पोखरामा युवा सम्मेलन : ११ बुँदे घोषणापत्र जारी

Ujyalosandeshonline 11171+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

कास्की । ११ बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा युवा सम्मेलन सम्पन्न भएको छ । नेपाल युवा परिषद्को आयोजनामा सम्पन्न सम्मेलनमा प्रदेशभित्रका करिब २ सय जना युवा सहभागी भएका थिए । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमको गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले समापन गरेका थिए ।

गण्डकी प्रदेश युवा परिषद गठन गर्ने र गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवाहरुलाई विभिन्न कार्यक्रमहरु संचालन गरी युवाहरुलाई  स्वरोजगार मैत्री तालिम प्रदान गर्र्ने र विभिन्न क्षेत्रका युवाहरुलाई हरेक वर्ष सम्मान र प्रोत्साहन गर्ने खालको कार्यक्रमहरु सञ्चालन गर्ने, प्रदेशलाई आईटी हबका रुपमा बिस्तार गर्ने र गण्डकी टाभल एण्ड टुरिजम अभियान सञ्चालन गर्ने लगायतका बिषयलाई घोषणापत्रमा समेटिएको नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले जानकारी दिए ।  ‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ यसअघि बाग्मती, लुम्बिनी, कर्णाली, कोशी र सुदुरपश्चिममा प्रदेश युवा सम्मेलन सम्पन्न भईसकेको छ ।

तीनै तह अहिले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम निर्माणको चरणमा रहेको बेला नेपाल युवा परिषदले प्रदेश युवा सम्मेलन गरी हरेक प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरी प्रदेश सरकार, प्रदेश निति तथा योजना आयोग र सामाजिक विकास मन्त्रलायलाई बुझाउने लक्ष्यका साथ यो सम्मेलन आयोजना गरेको कुरा बानियाँले बताए। कार्यक्रममा प्रदेशभित्रका सांस्कृतीक कार्यक्रमहरु सहितको प्रस्तुत कल्चर नाइटको समेत आयोजना गरिएको थियो ।

सम्मेलनमा प्रदेशभित्र बिभिन्न क्षेत्रहरुमा क्रियाशिल भई सामाजिक तथा आर्थिक रुपान्तरण लगायत अन्य बिधाहरुमा काम गर्ने १० जनालाई  ‘आईकन अफ गण्डकी प्रदेश’ वितरण गरिएको थियो । सम्मानित हुनेमा महिला तथा वालबालिका विद्यामा अमोर सेवा गृह स्याङ्जाकी अध्यक्ष कमला पराजुली, पत्रकारितामा बिजय नेपाल, समाजसेवामा प्रिन्सा रेग्मी, युवामा रश्मी गौतम, पर्यटनमा बलराम तिमिल्सिना, शिक्षामा मेनका मोनिका थापा, स्वास्थ्यमा सरस्वती पुरी, उद्यमशीलतामा बिमल शर्मा, सुचना तथा प्रविधिमा रबिन पौडेल र कृषि तथा जलवायुमा सन्तोष पौडेल रहेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश रजिष्टार भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर अवार्डबाट सम्मानित गरिएको थियो । ‘आईकन अफ गण्डकी प्रदेश’ का लागि परिषद्ले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तीन सदस्यीय छनौट समिति समेत चयन गरेको छ । जसमा गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयका प्रतिनिधिसहित सामाजिक अभियान्ता अपार पौडेल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए । यो समितिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी प्रदेशभित्रका १० जना छनौट गरी परिषद् समक्ष पेश गरेको थियो ।

कार्यक्रमको सहयोगी संस्था एनसेल फाउण्डेसन रहेको छ भने पोखरा महानगरपालिकाले सहयोग गरेको थियो । यस्तै पोखरा नगर युवा परिषद्, सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय युवा क्लव सञ्जाल गण्डकी प्रदेश, पोखरा रिसर्च सेन्टर, खल्ती लगायतका संस्थाले पनि सहयोग गरेका थिए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार