मुख्य समाचार
एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा |

रुपन्देही–४ बाटै चुनाव लड्ने जनमत पार्टीका सचिव भोपेन्द्र यादवको घोषणा, भ्रममा नपर्न आग्रह

Ujyalosandeshonline 11567+ समाचार ( )
१९ पौष २०८२, शनिबार

भैरहवा । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (मर्चवार) बाटै उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको भन्दै भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभएको छ ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यादवले आफू विगत १३ वर्षदेखि निरन्तर मर्चवार क्षेत्रका जनतासँग घुलमिल भई सेवा र सत्कारमा सक्रिय रहेको उल्लेख गर्नुभएको छ । जनताको हकअधिकार, स्वाभिमान, सम्मान र पहिचानका लागि संघर्ष गर्दा, नागरिकता विधेयकविरुद्धको आन्दोलन तथा मधेश स्वराज अभियानमा लाग्दा दर्जनौंपटक जेल जीवन बिताउनुपरेको स्मरण गर्दै उहाँले सोही क्षेत्रबाट चुनाव लड्ने दृढता व्यक्त गर्नुभएको हो ।

केही व्यक्तिहरूले नितान्त व्यक्तिगत स्वार्थका लागि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफू क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भनी गलत प्रचार गरेकोप्रति उहाँले गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । यादवले पार्टीको औपचारिक निर्णय बिना अनर्गल प्रचार गर्ने र चरित्रहत्या गर्ने खालका गतिविधि क्षम्य नहुने चेतावनी दिँदै त्यस्ता कार्य नगर्न र पार्टीको कारबाहीको भागिदार नबन्न सचेत गराउनुभएको छ ।

आफ्नो समय, लगानी, जनताको आशीर्वाद र परिवारजनको नामावली समेत रुपन्देही–४ मै रहेकाले आफ्नो उम्मेदवारी सोही क्षेत्रबाट हुने उहाँले प्रस्ट पार्नुभएको छ । यसअघि २०७९ सालको संघीय संसद्को निर्वाचनमा पनि रुपन्देही–४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका यादवले १५ हजार ५ सय २६ मत प्राप्त गर्नुभएको थियो । उहाँले गत निर्वाचनमा मर्चवार क्षेत्रका जनताले दिएको साथ र सहयोगप्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार