मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले गाईजात्रामा विशेष प्रदर्शनी गर्ने

Ujyalosandeshonline 11540+ समाचार ( )
२ भाद्र २०८१, आइतबार

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाउने भएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव २०२४ मनाउन लागेको हो । समाजका भक्ति शाहका अनुसार सधैँझैँ यसपालि पनि गौरव यात्रा आयोजना गरिने र देशभरबाट समूदायका व्यक्तिहरुलाई काठमाडौं बोलाइएको छ ।

‘२०८१ भदौ ४ गते हामी कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि दिउँसो १ बजे भेला हुनेछौँ र दिउँसो १ः३० बजे गौरव यात्रा सुरु हुनेछ । यात्रा वसन्तपुर डबलीमा हाम्रा दिवङ्गत साथीहरू र नायकहरूको जीवनको सम्झनामा मैनबत्ती बालेर समापन हुनेछ,’ नीलहिरा समाजको सूचनामा भनिएको छ ।

‘संस्कृति मनाऔँ, लैङ्गिक विविधता अंगालौँ’ भन्ने नाराका साथ मनाउन लागिएको गाईजात्रामा मौलिक पोसाक, संस्कृती, बाजागाजासहित उनीहरु सडकमा आउने पनि शाहले जानकारी दिए । ‘समाजमा हामी पनि छौं, हाम्रो पनि अधिकार र पहिचान छ भन्ने सन्देश दिनका लागि गाईजात्रालाई विशेष बनाइएको हो,’ उनले भने ।

समुदायमन व्यक्तिहरुले आफूले चाहेको पोसाक लगाउन र स्वतन्त्रताको अनुभूति गराउन गाईजात्रा प्रदर्शनी उपयोगी भएको पनि उनले जानकारी दिए । प्रदर्शनीमा नेपाल सरकारका मन्त्री, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, व्यवसायी एवम विभिन्न देशका कूटनीतिज्ञहरुलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार