असुरैना माविको अध्यक्षमा जैसमोहम्मद खान लगातार छैटौँ पटक चयन

Ujyalosandeshonline 12433+ समाचार ( )
१० असार २०८३, बुधवार

मर्चवार । रुपन्देहीको सम्मरीमाइ गाउँपालिका वडा नम्बर ६ स्थित असुरैना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ, जसको अध्यक्षमा पुनः जैसमोहम्मद खान चयन भएका छन् । खान यस विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पदमा लगातार छैटौँ पटक चयन भएका हुन् ।

विगतका कार्यकालहरूलाई स्मरण गर्दै अध्यक्ष खानले आफू सुरुमा अध्यक्षका रूपमा आउँदा उक्त विद्यालय प्राथमिक तह (कक्षा ५) सम्म मात्र सञ्चालित रहेको र विद्यार्थी संख्या पनि निकै न्यून रहेको बताए । तर, उनको निरन्तरको प्रयास र कुशल नेतृत्वका कारण अहिले उक्त विद्यालयले स्तरोन्नति भई माध्यमिक विद्यालयको रूप लिएको छ । विद्यालयका प्रधानाध्यापक राजकुमार केवाटका अनुसार हाल यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको संख्या ३५० पुगेको छ ।

चयन भएका अध्यक्ष खानले यस क्षेत्रका बालबालिका तथा विद्यार्थीहरूको भविष्य उज्यालो होस् भन्ने पवित्र उद्देश्यका साथ आफूले सदैव अभिभावकको भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । समाजप्रतिको यही समर्पणका कारण स्थानीय अभिभावक, शिक्षक, राजनीतिक दल तथा बुद्धिजीवीहरूले आफूलाई निरन्तर रूपमा सहयोग गर्दै आएको र सोही बलियो साथ र विश्वासका कारण आफू अहिले छैटौँ पटक अध्यक्ष पदमा चयन हुन सफल भएको भन्दै उनले सबैप्रति आभार समेत व्यक्त गरे।

प्रतिक्रिया

Rk १० असार २०८३, बुधवार

Congratulations

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार