मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

इन्जिनियरहरु बिना मुलुकको विकास निर्माण सम्भव छैन : मन्त्री खड्का

Ujyalosandeshonline 11169+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक निर्माणमा इन्जिनियरहरुको धेरै ठूलो महत्व रहेको बताएका छन् ।  

काठमाडौंमा भएको बृहत इन्जिनियर्स भेलामा उनले आर्थिक र विकास निर्माणको हिसाबले मुलुकलाई स्थायित्व दिनुपर्ने जिम्मेवारी राजनीतिक दलको काँधमा आएको भन्दै त्यसका लागि सबैभन्दा ठूलो सारथिका रुपमा इन्जिनियरहरु नै रहेको बताएका हुन् । 

उनले भने, ‘तपार्इंहरु मुलुक निर्माणको धेरै नै महत्वपूर्ण व्यक्तित्वहरु हो । तपाईंहरु बिना मुलुकको विकास निर्माण सम्भव छैन् । तपाईहरुमा सबै खालको कला दक्षता छ । तपाईहरुको सहभागिता विना सरकारले एक्लै काम गर्न सक्दैँन् । हामीले राजनीतिक हिसाबले मुलुकमा एक खालको स्थायित्व निर्माण गरि सकेका छौं । आर्थिक, विकास निर्माणको हिसाबले मुलुकलाई स्थायित्व दिनुपर्ने जिम्मेवारी राजनीतिक दलको काँधमा छ । त्यसका लागि सबैभन्दा ठूलो सारथिका रुपमा इन्जिनियर्स साथिहरु हो ।’

यस्तै, उनले आर्थिक मात्र होईन प्राविधिक कारणले पनि ठूला आयोजनाहरु अधुरा रहेको भन्दै यसका लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो ठूला ठूला आयोजनाहरु अधुरा रहेका छन्, यो आर्थिक पाटोको मात्र कुरा होईन प्राविधिक कारणले पनि ढिला भएको छ । यसका लागि पनि सबै मिलेर काम गर्नुपर्छ । हामीले राजनीतिक परिवर्तन हुदैँ गर्दा केही राजनीतिक पार्टीहरु बीच साझा मुद्धा, एकता र सहकार्य गरेर अगाडि बढ्नु पर्छ ।’ 

यसको साथै, इन्जिनियरिङ् क्षेत्रमा असधिकार र जनशक्तिको कमि भएको कुरालाई सरकारले गम्भीर भएर हेरेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार