मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

रास्वपाको समानुपातिक सूचीको पहिलो नम्बरमा भैरहवाकी पुनमकुमारी अग्रवाल

Ujyalosandeshonline 11566+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

भैरहवा । भैरहवाकी युवा उद्यमी पुनमकुमारी अग्रवाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मधेशी महिलातर्फको समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा सिफारिस भएकी छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ निवासी अग्रवालको नाम रास्वपाले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक सूचीको शीर्ष स्थानमा समावेश छ । मेडिकल बायोलोजीमा स्नातकोत्तर गरेकी पुनम मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र विकृतिलाई बाहिर बसेर आलोचना गर्नुभन्दा राजनीतिक परिधिभित्रै रहेर नैतिक इमान्दारिताका साथ सुधार गर्नुपर्ने मान्यतासहित राजनीतिमा होमिएकी हुन् ।

रास्वपाले उम्मेदवार छनोटका लागि गरेको आन्तरिक मतदानमा पुनमले देशभरका कार्यकर्ताबाट १५ हजार ७४५ मत प्राप्त गर्दै मधेशी महिलातर्फ सर्वाधिक लोकप्रिय बनेकी थिइन् । साढे दुई वर्षदेखि पार्टी सदस्य र नगर सचिवको जिम्मेवारी सम्हालिसकेकी उनी सुत्केरी अवस्थामा र सानी छोरी काखमा बोकेरै पनि पार्टी संगठन विस्तार र चुनावी गतिविधिमा निरन्तर सक्रिय रहिन् । आन्तरिक प्रश्नोत्तरमा देखाएको उत्कृष्टता र निरन्तरको लगावकै कारण अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी समानुपातिक सांसदको सिफारिसमा पर्न सफल भएकी हुन् ।

राजनीतिसँगै उद्यमशीलतालाई पनि अगाडि बढाएकी अग्रवालको परिवारले रुपन्देहीको रोहिणीमा मुलुककै पहिलो अर्गानिक दानेदार मल उद्योग सञ्चालन गरिरहेको छ । विगतमा मेडिकल कलेजमा अध्यापन गराएको अनुभव संगालेकी उनी यसअघि सिद्धार्थनगरको मेयर र अन्य दलबाट समानुपातिक उम्मेदवारको सूचीमा समेत परिसकेकी थिइन् । रास्वपाको एजेन्डा र नेतृत्वबाट प्रभावित भई पार्टीमा लागेकी पुनमले आफूलाई पार्टीको इमान्दार सिपाही बताउँदै कार्यकर्ता र नेतृत्वले आफ्नो कामको सही मूल्यांकन गरेको प्रतिक्रिया दिएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार