मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण प्रगति ७० प्रतिशत

Ujyalosandeshonline 11566+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणमा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । कुल २० अर्ब ९० करोड छुट्याइएको आयोजनामा ७० प्रतिशत खर्च भइसक्दा निर्माणको भौतिक प्रगति भने ७०.३४ प्रतिशत मात्र पुगेको छ । 

उक्त २ हजार ६ सय ८८ मिटर लम्बाइको सुरुङमार्गका लागि हालसम्म ९८.८० प्रतिशत अर्थात् २ हजार ६ सय ५६ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्ग निर्माणको काम ६८.५४ प्रतिशत पूरा भएको छ । 

मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणको अवस्थाबारे आयोजनाको प्रगति विवरण समितिले सार्वजनिक गरेको हो । 

त्यसअघि समिति सभापति प्रकाश पन्तसहितको टोलीले आयोजनाको भौतिक प्रगति हेर्न स्थलगत निरीक्षणमा पुगेको थियो । 

आयोजनाका अनुसार सुरुङमार्गमा पर्ने १२ वटा पुल र फ्लाइओरभर बनाउने कामको भौतिक प्रगति  २७.४८ प्रतिशत पुगेको छ । १ हजार ८ सय ७२ मिटर एप्रोच रोड बनाउने काम ५३.८१ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ ।

ट्रान्समिसन लगायत विविध काम ५६.९९ प्रतिशत र आयोजना स्थलमा पर्ने घरटहरा र बोटबिरुवाको क्षतिपूर्ति भरणतर्फ ९५.६६ प्रतिशत काम पुरा भएको छ । जग्गाको मुआब्जा वितरण ९५.२१ प्रतिशत भएको आयोजनाले जनाएको छ ।  

निरीक्षणपछि समिति सभापति पन्तले भने, ‘आयोजनाको मुआब्जा वितरण लगायतको केही सामान्य समस्या बाँकी रहेको देखिएको छ । त्यसलाई सरकारले समयमै  टुंग्याएर द्रुत गतिमा काम गरे अबको एक वर्षभित्रमा सुरुङमार्ग सम्पन्न हुने देखिन्छ । ब्रेक थ्रु गर्ने कुरा एकदम छोटो समयमा पनि हुन सक्ने सम्भावना छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार