मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

नेपालमा पहिलो पटक समलिंगी विवाह गर्ने जोडीलाई सम्मान

Ujyalosandeshonline 12673+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

काठमाडौं । नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडीलाई लायन्स क्लब अफ काठमाडौं प्राइड रेन्बोले सम्मान गरेको छ। लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मङ्सिरमा विवाह दर्ता गर्न सफल माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई प्राइड रेन्बोले सम्मान गरेको हो ।

मायाको पहिचान नेपालकी अध्यक्ष माया र सचिव सुरेन्द्रको विवाह दर्ता भएसँगै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीलाई कानुनी रूपमा विवाह दर्ता गर्ने बाटो खुलेको छ । ७ पुसमा कैलालीको कैलारी गाउँपालिका कार्यालयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडी मनिला न्यौपाने र प्रकाश चौधरीको विवाह दर्ता गरेको थियो। मनिला र प्रकाश इन्द्रेणी विवाह दर्ता गर्ने दोस्रो जोडी हुन् ।

सर्वोच्च अदालतमा विवाह दर्ताको आदेश माग्दै रिट दर्ता गर्ने मध्ये माया र सुरेन्द्रको मात्रै कानुनी रूपमा विवाह दर्ता भएको छ। रिट दर्ता गर्ने अरू ८ जोडी भने अहिले गुमनाम छन् । उनीहरू विवाह दर्ताका लागि कुनै प्रक्रियामा गएका छैनन् ।

सर्वोच्चमा मुद्दा नगर्ने जोडीका लागि समेत विवाह दर्ता गरिदिने अन्तरिम आदेश पछि देशका विभिन्न स्थानीय तहमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडी विवाह दर्ताको प्रक्रियामा लागेको छन् ।

पहिलो विवाह दर्ता गरेर नेपालको नाम राख्न सफल माया र सुरेन्द्रलाई सम्मान गरिएको लायन्स क्लब अफ काठमाडौं प्राइड रेन्बोका अध्यक्ष चन्द्र गुरुङ्गले बताए ।

प्राइड रेन्बोले प्यारालाइसिस पीडित तेस्रोलिंगी नैना राईलाई आर्थिक सहयोग पनि गरेको छ। राईलाई ११ हजार पाँचसय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गुरुङ्गले बताए । सम्मान र आर्थिक सहयोग हस्तान्तरण लायन्स क्लबका फस्ट डिस्ट्रिक्ट गभर्नर, डिपार्टमेन्ट चिफ मनकुमार श्रेष्ठ सहित अध्यक्ष गुरुङ्गले गरेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार