मुख्य समाचार
अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग |

पंचकन्या रूपन्देही सुपरलिगः तिरुपतिले हरायो देवदहलाई

Ujyalosandeshonline 11521+ समाचार ( )
२७ वैशाख २०८३, आइतबार

भैरहवा । भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा तिरुपति क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ४ विकेटले पराजित गर्दै जित हात पारेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको देवदहले निर्धारित ५० ओभरमा २८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय १२ रन जोड्यो । उसका लागि सुदीप अर्यालले ४०, सुमन पाण्डेले २०, सुरज खड्काले १२ र सोयम चापागाईंले ११ रन बनाए । बलिङमा तिरुपतिका दिवान पुनले ३, आकाश त्रिपाठी र तुलबहादुर थापाले २–२ तथा सन्दीप मौर्यले १ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको तिरुपतिले १७ ओभर ५ बलमा ६ विकेट गुमाएर १ सय १४ रन बनाउँदै जित निकाल्यो । उसको जितमा आकाश त्रिपाठीले ५० रनको अर्धशतकीय पारी खेल्दा रौनक श्रीवास्तवले अविजित २० र तुलबहादुर थापाले १४ रन जोडे । बलिङमा देवदहका सुरज खड्काले ३ तथा सुदीप अर्याल र रोशन गौतमले १–१ विकेट लिए । खेलमा अकाश त्रिपाठी प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार