मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

सिद्धार्थनगरद्धारा कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण

Ujyalosandeshonline 11564+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल बितरण सुरु गरेको छ । खेती बालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि त्यसलाई कम गर्न कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण सुरु गरेको हो । खासगरी रसायनिक मलको प्रयोगले उब्जाउ कम हुने, कतिपय स्थानमा खेती नै नहुने समस्या कम गरी उर्वराशक्ति ह्रास हुन नदिन तथा माटोलाई मर्न नदिन, अम्लीयपन बढ्न बाट रोक्न र उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग बढाउने उदेश्यले अनुदानमा

प्राङ्गारिक मल बितरण सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए । उनले किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा पिएच मानसँगै नाईट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून हुने हुदा नगरपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन गरेको बताए ।

नगरपालिकाले बितरण गर्न लागेको यो मल खासगरी कौसी खेती, करेसावारी, फलफुलका बिरुमाहरुमा बढी लाभदायी हुने नगरपालिकाका कृर्षी शाखा प्रमुख योगेन्द्र प्रशाद यादवले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नगरपालिकाले सातसय ७२ बोरा प्राङ्गारिक मल बितरण गर्ने छ ।

२५ कलिोग्रामको एक बोरालाई बजारमा प्रतीकेजी ३२ रुपैया पर्दछ । नगरपालिकाले कृर्षकलाई १६ रुपैयामा बितरण गरीरहेको हो । यो मल झारपात, खुखुराको सुलि जस्ता फाईैएका फोहोर बाट बन्ने हुदाँ अर्गानीक खेतीको लागी बढी उपयोगी रहेको उनले बताए । कम जग्गा भएका र कौसी खेती गर्नेलाई लक्षित गरी मल बितरण गरीएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार