प्राध्यापक विष्टको हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ

Ujyalosandeshonline 11543+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

काठमाडौं । प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोप लागेका व्यक्ति १७ वर्षपछि पक्राउ परेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

घट्नामा संलग्न मध्य रञ्जन खड्का प्रमुख व्यक्ति रहेको र लामो समयदेखि भारतमा लुकेर बस्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिएका छन् ।

उनले भने, ‘अनुसन्धान गर्दा घट्नामा संलग्न मध्य रञ्जन खड्का प्रमुख व्यक्ति रहेको खुल्न आएको र हाल प्रतिवादी रञ्जन खड्का धेरै समय भारतको ब्याङ्लोरमा लुकेर बसेको खुल्न आएको छ ।’

प्रहरीले यसअघि विनोद थापा र सबिता थापा अधिकारीलाई पक्राउ गरेको थियो । विष्टको २०६४ असार २६ गते शंखमुलमा सबितालाई जिस्काएको निहुँमा निर्घात कुटपिट गरि हत्या गरिएको थियो ।   


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार