मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

नेपाल प्राविधिक रुपमा पछाडि पर्नु दुखद् : मन्त्री ज्वाला

Ujyalosandeshonline 11171+ समाचार ( )
१ पौष २०८०, आइतबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रविधिको युगमा नेपाल प्राविधिक रुपमा पछाडि पर्नु दुखद् भएको बताएका छन् । 

काठमाडौंमा आइतबार आयोजित डिजिटल सल्युसन कार्यक्रमलाई सम्बोधन गदै उनले पूर्वाधारका कामहरु प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुपर्ने बताए । 

उनले भने ‘नेपालको सन्दर्भमा प्रविधिमा हामी अलि पछाडि नै छौ. । हरेक क्षेत्रमा हामीलाई प्रविधिले नै गाइड गर्छ । प्रविधि वातावरण र पूर्वाधारबीचको सम्बन्ध जोडिएको हुन्छ समग्रमा पूर्वाधारका कामहरु कसरी प्रविधिमैत्री बनाउने, प्रविधिमैत्री जीवन कसरी बनाउने भन्ने हुन्छ ।’

अहिले हरेक कुरामा धेरै समय, खर्च लाग्ने र जोखिम व्यहोर्नुपर्ने अवस्थालाई नियन्त्रण र न्यूनीकरण गर्नका लागि पनि थ्रीडी टेक्नोलोजी उपयुक्त हुने उनले बताए । 

समय, लागत र जोखिम घटाएर कार्य सम्पादनमा सघाउने डिजिटल प्रविधि प्रयोगका लागि सरकारले समन्वय गर्ने भन्दै उनले मातहतका निकायहरुमा जडान गरेर अभ्यास गर्ने प्रतिबद्धता उनले जनाए । 

उनले भने, ‘सरकारका तर्फबाट हामीले गर्न सक्ने समन्वय र सरकारी निकायहरुमा पनि जडान गरेर अभ्यास गर्नका लागि प्रतिबद्धता जनाउँछु ।’                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार