मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

Ujyalosandeshonline 12437+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोल बस्ने लहान नगरपालिका २४ मल्हनामाका ८८ वर्षीय वृद्ध फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका २ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् । उनीहरुले चोरी गर्ने उद्देश्यले गएको र घरभित्र छिरेपछि ती वृद्ध हल्ला गर्न थालेपछि हत्या गरेको अनुसन्धानमा खुलेको सिरहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले बताए।

चौधरीको साथमा रहेको खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी र चप्पल घटनास्थलबाट बरामद भएको छ । फनिलालको साउन १४ गते हत्या भएको थियो । सीसीटीभी फुटेज र हत्या भएको ठाउँमा छुटेको चप्पललाई पन्छाउँदै जाँदा साउन २३ गते आरोपित मण्डल पक्राउ परेका थिए । मण्डलले दिएको बयानका आधारमा चौधरी २७ गते पक्राउ परेको हो ।

इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी, मधेस प्रदेश र केन्द्रीय अनुसन्धान टोलीले संयुक्त रूपमा छानबिन गरिरहेको एसपी शर्माले बताए । जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेको उनले सुनाए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार