मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नेकोस कर्पोरेट सुपर सिक्सेस क्रिकेटको सातौं संस्करण बैशाखबाट

Ujyalosandeshonline 11540+ समाचार ( )
१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं । नेपाल खेलकुद महासंघ र एसएस इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गर्ने ‘नेकोस कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता’ को सातौं संस्करण 

वैशाख २३ देखि २८ गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएको छ । नेपाल खेलकुद महाहसंघ र एसएस इभेन्ट्सबिच बिहीबार उक्त प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको थियो ।

सम्झौता पत्रमा नेपाल खेलकुद महासंघको तर्फबाट विप्लव घोष र एसएस इभेन्ट्स म्यानेजमेन्ट कम्पनीको तर्फबाट सुमित रौनियारले हस्ताक्षर गरे । प्रतियोगिताबारे आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको खेलकुद प्रतिको रुचिलाई ध्यानमा राखी प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएका छन् । 

स्वास्थ्य जोगाउन खेलकुदको महत्वलाई जोड दिनुपर्ने बताएका विप्लव घोषले पूर्वमा झापादेखि पश्चिममा महाकालीसम्म पहुँच सुनिश्चित गर्दै खेलकुदलाई राष्ट्रव्यापी रूपमा प्रवर्द्धन गर्न नेकोसको तर्फबाट प्रतिबद्धता व्यक्त गरे । प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) ले प्राविधिक सहयोग गर्नेछ । 

सो प्रतियोगितामा २४ वटा कर्पोरेट हाउसको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता सेतो बलले खेलाइने छ भने सहभागी खेलाडीहरुले रंगिन जर्सी लगाउन सक्नेछन् ।

प्रत्येक खेलमा दुबै टोलीले पाँच–पाँच ओभर ब्याटिङ गर्नेछन् । प्रतियोगिताका सहभागीलाई आयोजकले नै खेल पोशाक उपलब्ध गराउने बताइएको छ । आयोजकले प्रतियोगिताको अनुमानित बजेट ४० लाख रुपैयाँ रहेको जनाएको छ ।

प्रतियोगिताको विजेता, उपविजेता, म्यान अफ दी सिरिज, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट फिल्डरलाई पुरस्कार स्वरुप ट्रफी र आकर्षक उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार