दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर

Ujyalosandeshonline 12436+ समाचार ( )
तस्बिर अजयकुमार साह/रासस
३० श्रावण २०८३, शनिबार

जनकपुरधाम । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न सबैसँग आग्रह गर्नुभएको छ । धनुषाको ढल्केबरमा नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको आज उद्घाटन गर्नुहुँदै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएकाले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गर्नुभयो । 

दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनी रूपमा दण्डनीय हुने भएकाले त्यस्तो कार्य नगर्न आग्रह गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभयो । दाइजो प्रथाको अन्त्य गर्न र ठाकुर समुदायलाई सामाजिक तथा राजनीतिक रूपमा अगाडि बढाउन सबैले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“छोरीलाई दाइजो नभई शिक्षा दिनुहोस्, छोराको विवाह गर्दा दाइजो नलिनुहोस्”, उपसभामुख ठाकुरले भन्नुभयो, “दाइजो समाजका लागि अभिसाप हो, सबै मिलेर यसको अन्त्य गरौँ ।” छोरी र बुहारीलाई पढ्न प्रोत्साहित गर्नु आवश्यक भएको उहाँको भनाइ थियोे । सो कार्यक्रममा सिरहा नाई समाजका श्यामकुमार ठाकुरले उपसभामुख ठाकुरलाई हजाम समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीति उत्थानसँगै राज्यको हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न मागपत्र बुझाउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार