मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सोनौली नाकामा एसएसबीद्वारा ठूलो परिमाणमा विदेशी मकै र किसमिस बरामद, रुपन्देहीबाट तस्करी बढेको गुनासो

Ujyalosandeshonline 12437+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

सोनौली । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारत महराजगंजको सोनौलीस्थित मंगरहिया बजार क्षेत्रबाट नेपाल हुँदै तस्करी गरी लगिएको ठूलो परिमाणमा विदेशी मकै र किसमिस बरामद गरेको छ। नेपालबाट अवैध रूपमा सामान भित्र्याई भारतका विभिन्न महानगरहरूमा पठाउने तयारी भइरहेको विशेष सूचनाका आधारमा एसएसबी २२औं वाहिनीको टोलीले यो कारबाही गरेको हो।

सीमा स्तम्भ ५१७/१ बाट करिब २०० मिटर भित्र भारतीय क्षेत्रमा गरिएको खानतलासीका क्रममा १० बोरा (२५० किलो) मकै र ४९ कार्टुन (४९० किलो) किसमिस फेला परेको थियो। सई हरेन्द्र गोगोईको नेतृत्वमा खटिएको विशेष टोलीले बरामद गरेका ती सामग्रीहरू आवश्यक कारबाहीका लागि नौतनवा भन्सार कार्यालयमा बुझाइएको एसएसबीका असिस्टेन्ट कमान्डेन्ट सी. विवेकले जानकारी दिएका छन्।

तस्करहरूले तेस्रो मुलुकबाट सस्तो दरमा ल्याइएका सामान नेपालको बाटो हुँदै भारत पुर्‍याएर महँगो मूल्यमा बेच्ने गरेको पाइएको छ। पछिल्लो समय रुपन्देहीका विभिन्न सीमा नाकाहरूबाट रातिको समयमा तस्करी मौलाएको स्थानीयहरूले बताएका छन्। भारतमा बरामद भएको यो ठूलो परिमाणको सामानले पनि सीमा क्षेत्रमा अवैध गतिविधि बढेको र नाकाबाट निर्वाध रूपमा तस्करी भइरहेको कुरालाई पुष्टि गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार