मुख्य समाचार
सिद्धार्थनगर–९ मा उद्घोषण कला तथा माइन्युट लेखन सम्बन्धी ७ दिने तालिम सुरु | जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता | रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य | सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया | झापामा रगतको माग उच्च | बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा | ओमसतियामा सार्वजनिक सुनुवाइ: 'चुस्त प्रशासन र भ्रष्टाचारमुक्त गाउँपालिका हाम्रो प्राथमिकता' | ओमसतियामा कानुनी प्रशिक्षण सम्पन्न: 'कानुनको अज्ञानता क्षम्य हुँदैन' | ‘सुकुम्वासी नागरिकको दीर्घकालीन समाधान खोज्नुपर्छ’ | कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन |

नीति निर्माणमा तथ्यांकको प्रयोग महत्वपूर्णः मुख्य सचिव अर्याल

Ujyalosandeshonline 11210+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले तथ्यांकको प्रयोग नीति निर्माणका क्रममा महत्वपूर्ण हुने बताएका छन् ।काठमाडौंमा आयोजित तथ्यांक दिवस कार्यक्रम २०८० का अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘तथ्यांकको प्रयोग कसरी गर्छौं भन्ने मुख्य कुरा हो ।

तथ्यांकलाई नीति निर्माणमा कसरी प्रयोग गछौं भन्ने कुरा अझ महत्वपूर्ण हो’ अर्यालले भने, ‘हामीले बेला बेलामा तथ्यांकमा आधारित नीति बनाउँछौं भनेर भनिरह्यौं तर त्यस्तो भएन । प्रमाण त हामीसँग यहाँ पर्याप्त छ तर हामी त्यसमा आधारित रहेर कति नीति बनाउँछौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

 विगतमा जिल्लागत तथ्यांक निकालेर काम गरिरहेको भन्दै उनले संघीयतामा गइसकेपछि स्थानीय तहगत तथ्यांक आवश्यक हुने बताए ।तथ्यांकको सही प्रयोग गर्न जान्दा नीति र नियमहरु पनि प्रभावकारी हुने अर्यालले बताए ।

‘२०७८ मा गरेको जनगणनाको पूर्ण प्रतिवेदन अझै प्रकाशित गर्न सकेका छैनौं । तर, त्यो प्रतिवेदन सार्वजनिक नहुँदै प्रत्येक स्थानीय तहले आफ्नो पालिकाको प्रोफाइल बनाएका छन् । त्यसरी प्रोफइल बनाउँदा २०७८ सालमा निकालिएको तथ्यांकभन्दा त्यो डाटा फरक भइसक्यो । कतिपय कुरामा समन्वय भएन’ उनले भने ।

तथ्यांक नियमावली अन्तिम चरणमा रहेको जानकारी दिंदै उनले त्यसले काम गर्न सजिलो हुने बताए । ‘धेरै कामहरु भएका छन्’ मुख्यसचिव अर्यालले भने, ‘धेरै गर्न बाँकी छन् ।  तथ्यांकलाई भरपर्दो बनाउन अझै सबैजनाले लाग्नुपर्ने देखिन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार