मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

सर्लाहीमा बिजुलीका ट्रान्सफर्मर चोरीको आतंक मच्चाउने गिरोह पक्राउ

Ujyalosandeshonline 12674+ समाचार ( )
३ मंगशिर २०८२, बुधवार

सर्लाही । जिल्लाका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर क्रमशः चोरी हुँदै आएपछि प्रहरीको विशेष अभियानमार्फत संलग्न समूहका ९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार मलंगवामा पत्रकार सम्मेलन गरी ४ भारतीय नागरिकसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार बागमती, रानिगञ्ज, चन्द्रनगरलगायतका क्षेत्रमा हालसम्म १७ वटा ट्रान्सफर्मर चोरी गरिएका थिए। ‘अप्रेसन चार्ली’ नामक विशेष अभियान सञ्चालन गरी महोत्तरी, बारा, पर्सालगायत स्थानबाट उनीहरूलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा इलामको माइजोगमाइ – ४ का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकको पाखर गाउँपालिका – १ का ४२ वर्षीय सोनाम लामा, महोत्तरीको बर्दिवास – ३ का ५३ वर्षीय बुधे माझी, पर्साको वीरगञ्ज– १६ का ३३ वर्षीय दिलिप कुमार ओझा, बाराको जितपुर सिमरा – ६ का ३९ वर्षीय कृष्ण श्रीवास्तव, साथै भारतीय नागरिक ५० वर्षीय सुखाडी सहनी, २० वर्षीय सरोज कुमार सहनी, ५५ वर्षीय मो. रयाजुल र ३५ वर्षीय संजित पदार्थ रहेका छन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट १०३.८ केजी तामाको तार, चोरीका लागि प्रयोग गरिएका ५१ थान औजार र २ वटा ई–रिक्सा बरामद गरेको छ। अनुसन्धानमा संलग्न प्रहरी टोलीका अनुसार भारतीय नागरिक सुखाडी सहनीले इलामका दुर्गा अधिकारी, सिन्धुपाल्चोकका सोनाम लामा र महोत्तरीका बुधे माझीसँग मिलेर एकान्त स्थानमा रहेका ट्रान्सफर्मरबारे सूचना सङकलन गर्ने गरेको पाइएको छ।

त्यहाँबाट चोरी गरिएका तामाका तारहरू वीरगञ्जस्थित कबाडी पसलमा बिक्री गरिन्थ्यो। त्यस्तै, बाराका कृष्ण श्रीवास्तवको गढिमाई मेटल प्रा.लि. रहेको र चोरी गरिएका ट्रान्सफर्मरबाट निकालिएको तामालाई पगाली भाँडाकुँडा उत्पादन गरी बेच्ने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकका सोनाम लामाविरुद्ध चोरी तथा डाँकासम्बन्धी चार मुद्दा, महोत्तरीका बुधे माझीविरुद्ध कर्तव्य ज्यान, डाँका र अभद्र व्यवहारसम्बन्धी चार मुद्दा अदालतमा दर्ता रहेका छन्। प्रहरीले घटनासँग सम्बन्धित बिषयमा थप अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार