मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै

Ujyalosandeshonline 11540+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

काठमाडौं । भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई सोमबार बिदाइ गरेका थिए । 

नेपालले भियतनामसँग होम र अवे दुवै खेल खेल्नेछ भने दुवै खेल नेपालले भियतनाममा नै खेल्नेछ । खेल असोज २३ र २८ गते (अक्टोबर ९ र १४ ) हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले यसअघि लाओससँग २–१ र मलेसियासँग २–० को हार बेहोरेको थियो । यही कारण छनोटको लागि भियतनाम विरूद्धको खेल निकै महत्वपूर्ण रहनेछ ।

नेपालले पछिल्लो पटक तयारीको क्रममा बंलादेशसँग दशरथ रङ्गशालामा मैत्रिपुर्ण खेल खेलेको थियो । खेल बराबरीमा सकिएको थियो।  दोस्रो खेल जेन–जी प्रदर्शनको कारण हुन सकेन । टोलीका कप्तान किरण चेम्जोङ र लाकेन लिम्बु सिधै भियतनाम पुग्ने बताइएको छ । टोलीमा २३ खेलाडी, प्रशिक्षणसहित ४० जना रहेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीमा किरण चेम्जोङ (कप्तान),अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की , दिनेश हेंजन, जिलेस्पी जङ्ग कार्की, कृतिश रत्न छुन्जु, कुशल देउबा, लाकेन लिम्बु, मणी कुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठाकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार