मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि

Ujyalosandeshonline 11169+ समाचार ( )
७ असार २०८२, शनिबार

काठमाडौं । चालु आवको जेठ सम्म नेपालको निर्यात व्यापार ७७.७७ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को ११ महिनामा गत आवको सोहि अबधिको तुलनामा निर्यात व्यापार उक्त अनुपातमा वृद्धि भएको देखिएको हो ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिना सम्म नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । गत आवको सोहि अबधिमा नेपालले १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको मात्रै वस्तु निर्यात गरेको थियो । चालु आवको यो निर्यात गत आवको सोहि अबधिको तुलनामा ७७.७७ प्रतिशतले धेरै हो । चालु आवमा नेपालबाट प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुँदा नेपालको निर्यात व्यापारले उल्लेख्य रुपमा फड्को मारेको हो ।

११ महिनामा नेपालबाट प्रशोधन गरिएको भटमासको तेल ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो निर्यात कुल निर्यात हिस्साको ३७.७७ प्रतिशत हो । सनफ्लावरको बीउ र तेल ११ अर्ब ३३ करोड ८९ लाख, गलैंचा ९ अर्ब ७८ करोड १० लाख र अलैंची ७ अर्ब १९ करोड ७ लाख रुपैयाँको निर्यात भएको छ । यस् बस्तु पनि भटमासको तेल पछि सबैभन्दा धेरै निर्यात हुने बस्तुहरु हुन् । निर्यात बढ्दा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा समेत घटेको विभागको तथ्यांकले देखाएको छ ।

गत आवको जेठ सम्म नेपालको वैदेशीक व्यापारमा निर्यातको हिस्सा ८.७४ र आयातको हिस्सा ९१.२६ प्रतिशत थियो । तर, चालु आवमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०८ र आयातको हिस्सा ८६.९२ प्रतिशत रहेको पाइएको छ ।

विभागका अनुसार पछिल्लो ११ महिनामा सबैभन्दा धेरै डिजेल आयातमा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ बाहिरिएको देखिएको छ । सोयाविन तेल आयातमा ९५ अर्ब ७२ करोड विदेशिएको छ । त्यसैगरी पेट्रोल आयातका लागि ५८ अर्ब ५८ करोड रुपैयाँ विदेशिएको छ । एलपीजी ग्यास ५७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आएको छ । ३२ अर्ब ८ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको देखिएको छ ।  त्यसैगरी सनफ्लावर तेलको आयात २६ अर्ब ८७ करोड रुपैयाँ बराबरको भएको छ भने १७ अर्ब १२ करोड बराबरको सुन आयात भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार