मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कपिलवस्तुबाट साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

भैरहवा । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महाराष्ट्रको रायगढ जिल्लाका सलमान कुरेसिया र उमेश सखाराम खंडागले रहेको प्रहरीले जनाएको छ।

जिल्लाको कृष्णनगर नगरपालिका-२ लिङ्गेटमा सवारी साधन चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको दुई वटा गाडीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरुले अयोध्याबाट भाडामा गाडी लिएर नेपाल आएका थिए । 

उनका अनुसार यूपी ४२ डीटी ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार र यूपी ४५ एएस ६६६३ नम्बरको गाडीबाट ८ लाख बरामद भएको हो। बरामद रकम र नियन्त्रणमा लिइएको व्यक्तिहरु उपर आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको डीएसपी अधिकारीले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार