मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

जुम्ला–रारा म्याराथनमा ५९१ जना खेलाडी सहभागी हुने

Ujyalosandeshonline 12441+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथनमा ५ सय ९१ जना खेलाडी सहभागी हुने भएका छन् । म्याराथनको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । वैशाख २७ गते शुक्रबारदेखि सुरु हुने ५१ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथनको तयारी पूरा भएको बारे आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

म्याराथनमा देश–विदेशबाट गरि जम्मा ५९१ जना खेलाडी सहभागी हुने कर्णाली स्पोर्टस क्लबका अध्यक्ष सरोज शाहीले बताए ।अध्यक्ष शाहीका अनुसार पोल्याण्डका १, अमेरिकाका १, फ्रान्सका १, भारतका–२ जना खेलाडी सहभागी हुनेछन् । सबैभन्दा ठुलो ५१ किलोमिटर दुरीको प्रतियोगितामा ७४ जना खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै पाँच किमी दौडतर्फ कर्मचारी व्यापारीतर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दुरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट–२ जना गरि कूल पाँचसय ९१ जना खेलाडीले प्रतियोगितामा सहभागी हुन नाम दर्ता गराएका छन् । पाँचथर, काठमान्डौ, नुवाकोट, चितवन, बाँके, सप्तरी १० वटा भन्दा बढी जिल्लाबाट सहभागी हुने भएका छन् । चार ठाउँमा चेकिङ प्वाइन्ट राखिएको छ । चेकिङ प्वाईन्ट–खाली पाटन, चौथा, डाव, चुचेमारा बेस क्याम्प, चुचेमारा टप चेकिङ प्वाईन्ट तोकिएको छ ।

साथै दविदत्त गणले स्वयमसेवकको रुपमा सहयोग गर्नेछ । म्याराथनका लागि अनुमानित २८ लाख खर्च लाग्ने देखिन्छ भने म्याराथनबाट बचेको रकमबाट कर्णाली स्पोर्टस क्लबको भवन निर्माणमा खर्च गरिने छ । धावक हरि बहादुर रोकायाले क्लबको भवन निर्माणका लागि निःशुल्क जग्गा दिएका छन ।म्याराथनको उद्घाटन गर्न कर्णालीका मुुख्यमन्त्री यामलाल कँडेल आउने कुुरो भएपनि बजेट निर्माणको छलफल नजिकिएकाले नआउने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार