मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कठ्याङ्ग्रिँदो चिसोमा आगोको सहारा

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ पौष २०८१, बुधवार

रौतहट । रौतहट सहित मधेश प्रदेशका जिल्लामा केही दिनदेखिको कठ्याङ्ग्रिँदो चिसोका कारण अति विपन्न परिवार प्रभावित बनेका छन् । चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन् । 

दाउराको अभावमा दक्षिणी भेगका ग्रामीण बस्तीमा परालको घुर बालेर ताप्ने गरिन्छ । चिसो छल्न आगो ताप्ने उद्देश्यले ग्रामीण भेगका गरिब तथा न्यून आय भएका बासिन्दामा वैकल्पिक ऊर्जाका रूपमा गुइँठाको पनि प्रयोग गर्दै आएका हुन् । गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन् । 

बनमा दाउराको अभाव रहेको र पाएमा पनि चर्को मूल्यमा खरिद गर्नु पर्ने बाध्यता भएकाले गृहिणीहरुले गुइँठा प्रयोग गर्दै आएको पाईन्छ । आगो ताप्नका लागि घुर लगाउन तथा चुलो बाल्न पनि गुइँठा प्रयोग गर्ने गरेको स्थानीय रामकलिया देवीले बताएकि छिन । सुक्खायाममा गुइँठा बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्ने गदछन ।

चिसोको कारण गौर सदरमुकाममा रहेका सरकारी कार्यालयमा काम गराउन आउने सेवाग्राहीको संख्यामा समेत कमी आएको छ । बिहान र बेलुका बाक्लो हुस्सुको कारण सवारी साधन चलाउन कठिनाइ भएको छ भने सडक दुर्घटना जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।न्यायो तथा लुगा, कपडा खरिद गर्नको लागि कपडा पसलमा भिड लाग्ने गरेको देखिएको छ । 

जाडो बढेकाले बालबालिका तथा वृद्धवृद्धालाई ख्याल गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । यसैबिच अत्यधिक चिसो बढेपछि रौतहटका अधिकांश पालिकाहरुले सामुदायिक बिद्यालयहरु बन्द गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार