मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

अर्घाखाँचीमा वन डढेलो व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न

Ujyalosandeshonline 12433+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

अर्घाखाँची । बढ्दो वन डढेलोको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अर्घाखाँचीको सन्धिखर्कमा एक दिने जिल्ला स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विश्व खाद्य संगठन (FAO) र वन तथा कृषि सहज कार्यक्रम (FFF) को सहयोग तथा रिकाफ्ट (RECOFTC) नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा डढेलो नियन्त्रण र व्यवस्थापनका विषयमा विस्तृत छलफल गरियो । कार्यक्रममा वन विज्ञ विजयराज पौडेल र वरिष्ठ कार्यक्रम अधिकृत निरज बाबु भट्टले डढेलोको जोखिम, बच्ने उपाय र सुरक्षात्मक विधिहरूबारे सहजीकरण गर्नुभएको थियो ।

सहभागीहरूले समूहगत छलफलमार्फत जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यका लागि आगामी रणनीति समेत तय गरेका छन् । डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघको समन्वयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति, नगरपालिका, सुरक्षा निकाय, वन कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम महासंघका अध्यक्ष मधु कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार