मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा

Ujyalosandeshonline 11566+ समाचार ( )
११ कार्तिक २०८२, मङ्गलबार

बैतडी । सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ । गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताउनुभयो । सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड उपकरण उपलब्ध गराएको थियो । स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहनुुभएको छ । यसअघि शिविर सञ्चालन भएका बेलामात्रै गर्भवतीको अल्ट्रासाउण्ड हुने गरेकामा अब नियमित रूपमा सेवा सञ्चालन हुने बताइएको छ ।   

स्वास्थ्य शिविरमार्फत गर्भवतीलाई अल्ट्रासाउण्ड मार्फत् सेवा गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु महरा बोहराले बताउनुभयो । अल्ट्रासाउण्ड मार्फत नवजात शिशु र आमा दुवैको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हुनेछ । उहाँले भन्नुभयो, “गाउँपालिकामा मातृ मृत्यु र शिशु मृत्युलाई शून्यमा झार्न अभियान सञ्चालन गरिरहेका छौँ । साथै गर्भावस्थामा कुनै जटिलता भएमा समयमै पत्ता लाग्ने र यसले आमा र शिशु दुवैको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास छ ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार