मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

Ujyalosandeshonline 12431+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु गरिसक्ने जानकारी दिएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विषयमा गृह मन्त्रालयसँग छलफलमा उनले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन गर्ने गरेर सम्पूर्ण तयारी भइसकेको बताएका हुन् । 

उनले भने,‘जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन गर्ने गरेर सम्पूर्ण तयारी भइसकेको छ । आवश्यक रकमको व्यस्था भइसकेको छ । आवश्यक मापदण्डहरु कार्यविधिहरुको तयार भइसकेको छ  । अब दुई हप्तामा नै हामी डीडीएको काम प्रारम्भ गछौं ।’ त्यस्तै उनले सरकार संघीय संसदको बैठक अधिवेशन चाँडै आव्हान गर्ने तयारीमा रहेको बताए । संघीय संसदको आव्हान रोक्दा पनि धेरै कामहरु भइरहेको भन्दै बेकाम भएको भन्न चाँही नमिल्ने बताए । 

उनले भने,‘संघीय संसदको बैठक अधिवेशन सरकार चाँडै आव्हान गर्ने भएको छ । तर त्यसको अर्थ संघीय संसदको आव्हान रोक्दा चाँही म बेकामे भएको भन्ने होईन् । यो काम नै हो नि हामीले जुन कामरहेको छौं यो काम नै भएकाले बेकामे भएको छैनौं ।’ उनले राष्ट्रिय परिचय पत्रलाई दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार