मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

लागूऔषध खैरो हिरोइनसहित चार भारतीय नागरिक पक्राउ

Ujyalosandeshonline 11564+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

रौतहट । प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित पर्सा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल–१४ मौजे टोलका ३२ वर्षीय कृष्ण कुमार गुप्ता, वडा नम्बर १३ का ४० वर्षीय सुधीर कुशवाहा र ३८ वर्षीय अमित श्रीवास्तव तथा वडा नम्बर १ का  राजा कुमार यादव रहेका छन् ।

वीरगञ्ज महानगरपालिका – १६ रजतजयन्ती चोकस्थित सडक खण्डमा  प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्कार्पियो गाडीबाट २२० ग्राम खैरो हेरोइन सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा  बीआर ०६ डीई ०००७ नम्बरको कालो स्कार्पियो गाडीलाई रोकी जाँच गर्दा गाडीको पछाडिको डिक्कीमा कार्पेटले छोपेर कालो प्लास्टिकको झोलामा लुकाइएको खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

लागूऔषधमध्ये एउटा पोका भित्र १०० ग्राम र अर्को पोकामा १२० ग्राम गरी जम्मा २२० ग्राम खैरो हेरोइन बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका चारै जना विरुद्ध लागूऔषध मुद्दामा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराएर प्रहरी हिरासतमा राखिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार